अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ७, बुधबार १२:१४

रौतहटको कटहरिया नगरपालिका– ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा स्वास्थ्य सेवा अभाव र डाक्टरहरूको लापरवाहीका कारण लगातार दुई शिशुको मृत्यु भएको पीडित परिवारको आरोप छ ।

आक्रोशित स्थानीयहरूले मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र र नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । स्थानीय पीडितमध्ये एक बाबुलाल दासका अनुसार उनकी छोरीलाई व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । त्यहाँ नर्मल डेलिभरी (छोरा) भए पनि बच्चा नरोएपछि शिशुको नारा काटेर झाँझ फुलस्थित एक निजी क्लिनिकमा पठाइएको थियो । तर क्लिनिक पुग्नु अघि नै शिशुको मृत्यु भइसकेको थियो ।

दोस्रो घटना सोमबार साँझ कटहरिया नगरपालिका ३ बडेर्वाका मनोज साहकी छोरी पुनमलाई पनि व्यथा लागेपछि स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । गर्भवती महिलाको भिडियो एक्सरे गरेर बच्चा जन्मन अझै १० दिन बाँकी रहेको भन्दै डाक्टरले औषधि दिई घर पठाइएको थियो। तर व्यथा झन् बढेपछि परिवारले पुनः शिवनगरस्थित एक निजी क्लिनिकमा लगेका थिए ।

बीच बाटोमै पुनमको नर्मल डेलिभरी भए पनि शिशुको अवस्था जटिल भएकोले बिरगंज लैजाँदै गर्दा बाटोमै शिशुको ज्यान गएको पीडित मनोज साहले बताए । तेस्रो घटना गत शनिबार राति भएको थियो । स्थानीय पत्रकार रविन्द्र प्रजापतिले आत्महत्याको प्रयास गरेपछि उनलाई तत्कालै उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा पु¥याइएको थियो । तर केन्द्रमा अक्सिजनको व्यवस्था नभएकै कारण उनको पनि उपचारको अभावमा ज्यान गएको परिवारको भनाइ छ ।

पीडित परिवारहरु र स्थानीयवासीले स्वास्थ्य केन्द्रमा अक्सिजन, औषधि, ग्लब्स जस्ता आधारभूत स्वास्थ्य सामग्रीको समेत अभाव रहेको गुनासो गरेका छन् । तीनवटा मृत्यु घटनापछि आक्रोशित स्थानीयहरूले प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया र कटहरिया नगरपालिकाको कार्यालयमा ताल्चा लगाउँदै दोषी डाक्टर र कर्मचारीविरुद्ध कारवाहीको माग गरेका छन् ।

प्रहरी र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै पीडितहरूले न्यायको माग गर्दै तालाबन्दी गरेका थिए । कटहरियाका मेयर अजय प्रकाश जैसवालको लापरवाहीको कारण प्राथमिक स्वास्थ कार्यालयको अवस्था दयनीय भएको स्थानीयहरुको आरोप रहेको छ । यसैबीच स्वास्थ केन्द्र र नगरपालिकाको ताला खुलाउन इलाका प्रहरी कार्यालय कटहरियाको प्रांगणमा नगर स्वास्थ संयोजक डाक्टर र स्थानीयहरु बीच छलफल जारी रहेको सहभागी कार्यपालिका सदस्य मनोज कुमार जैसवालले बताएका छन् ।

स्वास्थ्य केन्द्रमा कार्यरत दुईजना स्वास्थ्यकर्मीलाई तत्काल अन्यत्र सरुवा गर्ने नगरपालिकाले प्रस्ताव गरेका छन् । तर स्थानीयहरु दोषी चिकित्सकहरुमाथि कारबाही हुनुपर्ने अडान लिएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार