अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ६, मंगलवार ११:०३

धनुषाको मिथिला नगरपालिका–८ स्थित जमुनिबासमा एक शिक्षिकाको आत्महत्यामा उक्साहट दिएको अभियोगमा राजकिशोर यादव पक्राउ परेका छन् ।

मृतक ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगर जनता राष्ट्रिय आधार भूत विद्यालय, जमुनिबासमा कार्यरत थिइन् । साउन १ गते एकाविहानै उनी विद्यालयकै शिशु कक्षाकोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

धनुषा प्रहरीका अनुसार विमलाले केही वर्षअघि राजकिशोर यादवसँग तीन लाख बीस हजार रुपैयाँ ऋण लिएकी थिइन् । सो रकम चुक्ता गरेपनि यादवले चेकमार्फत ४५ लाख रुपैयाँको दाबी गर्दै उनलाई बारम्बार मानसिक यातना दिँदै आएका थिए ।

प्रहरीले बरामद गरेको आत्महत्या नोटमा उनले चेकको दबाब, बेइज्जती गर्ने धम्की र सामाजिक दबाबले आफू आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेकी थिइन् ।

घटनापछि प्रहरीले अभियुक्त राजकिशोर यादवलाई साउन २ गते बिहान ११ बजे जनकपुरधाम उपमहानगरपालिका–९ बाट पक्राउ गरेका थिए ।

यादवको निवासबाट प्रहरीले विभिन्न व्यक्तिहरूको नाममा लेखिएका नऊ वटा कपाली तमसुक, तेईसवटा सक्कल जग्गाधनी प्रमाणपत्र, साथै बैंक भौचर र चेकहरू समेत बरामद गरेको छ ।

प्रहरीले घटनालाई आत्महत्या दुरुत्साहनको गम्भीर अपराध मानेर अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार