अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ६, मंगलवार ०८:४९

काठमाडौं ।
नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण हुने गरी पार्टीले संविधान संशोधनबारे बहस र छलफल चलाउनुपर्ने निष्कर्ष निकालेका छन् ।
पार्टीका तर्फबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सोमबार बसेको बैठकले कांग्रेसले संविधान संशोधनबारे बहस र छलफल चलाउनुपर्ने निष्कर्ष निकालेको हो ।
‘संविधान संशोधनको कार्य अगाडि बढिराखेको छैन, यसलाई अब अगाडि बढाउनपर्छ,’ बैठकपछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले भने, ‘त्यसका लागि नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण हुने गरी विभिन्न बहस र छलफल कार्यक्रम चलाउनुपर्छ भनेर छलफल गरेका छौँ ।’
उनले चाक्सीबारी बैठकमा पूर्वपदाधिकारीहरूबीच भएको छलफलका विषयमा मंगलबार नै सभापति शेरबहादुर देउवालाई जानकारी गराइने पनि बताए ।
‘समग्र विषयमा जे जति छलफल भयो, हामी भोलि नै हाम्रो सभापतिलाई भेटेर जानकारी गराउँछौँ,’ सिटैलाले भने । बैठकमा पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र डा। प्रकाशशरण महत सहभागी थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार