अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ५, सोमबार १३:२३

एजेन्सी ।
इरानले जारी गर्मीको प्रचण्ड लहरका बिच आम नागरिकलाई पानीको प्रयोग सीमित गर्न आग्रह गरेको छ । सरकारी अधिकारीहरूका अनुसार देश हालसम्मकै वर्षको सबैभन्दा गर्मी साता भोग्दैछ, जहाँ कतिपय क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियस पार गरेको छ ।
तेहरानमा आउँदो बुधबार सार्वजनिक बिदा घोषणा गरिएको छ । सरकारकी प्रवक्ता फातेमेह मोहाजेरानी ले सामाजिक सञ्जाल एक्समा लेख्दै भनिन्, ‘अत्यधिक गर्मी र पानी तथा बिजुली संरक्षणको आवश्यकतालाई ध्यानमा राख्दै बुधबार तेहरानमा सार्वजनिक बिदा घोषणा गरिएको छ ।’
इरानका विशेष गरी दक्षिणी र शुष्क प्रान्तहरूमा पानी सङ्कटको गम्भीर समस्या भोगिरहेको छ । जल स्रोतहरूको दुरुपयोग, व्यवस्थापनको कमजोरी र जलवायु परिवर्तनका कारण समस्याको दायरा बढेको बताइन्छ ।
तेहरान महानगरपालिकाका अध्यक्ष मेहदी चामरान ले नागरिकहरूलाई पानी जथाभावी प्रयोग नगर्न अनुरोध गरेका छन् । तेहरान पानी व्यवस्था कम्पनीले सार्वजनिक वक्तव्य जारी गर्दै कम्तीमा २० प्रतिशत पानी बचत गर्न अपिल गरेको छ ।
पानी व्यवस्थापन निकायका अनुसार, ‘तेहरानलाई आपूर्ति गरिने बाँधहरूमा रहेको पानीको सतह पछिल्लो सय वर्षको तुलनामा सबैभन्दा कम भएको छ ।’
जलवायु परिवर्तन र वर्षा घट्दा वर्षौँदेखि जलस्तर घट्दो क्रममा रहेको पनि कम्पनीले जनाएको छ ।
इरानी मौसम सेवा अनुसार, आइतबार तेहरानमा तापक्रम ४० डिग्री सेल्सियस पुगेको थियो भने सोमबार थप बढेर ४१ डिग्री पुग्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार