अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ४, आईतवार १२:३९

लामो समयदेखि पानी पर्न नसकेको मधेश प्रदेशमा पानी परेको छ । उल्लेखनीय वर्षा हुन नसके पनि केही ठाउँमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो २४ घण्टा अर्थात् हिजो बिहान ९ बजेदेखि आज बिहान ९ बजेसम्ममा धनुषाको तुलसी वर्षामापन केन्द्रमा ७५ दशमलव ३ मिलिमिटर वर्षा मापन भएको छ । हिजो बेलुका, गएराति र आज बिहान मधेश प्रदेशका कतिपय ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

मौसमविद् सञ्जिब अधिकारीका अनुसार मधेशको धनुषासहित सप्तरी, सर्लाही, रौतहट, बारा, पर्साका सीमित ठाउँमा पानी परेको हो । सुक्खाग्रस्त क्षेत्र मधेशमा परेको यो पानीले केही राहत भएको छ । तर मनसुनको बेला पनि मधेशमा पर्याप्त वर्षा हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार