अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ३, शनिबार ०९:०९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाल–भारतको सम्बन्ध सामाजिक सांस्कृति र सांस्कारि कसंग जोडिएको सम्बन्ध रहेको बताएका छन् ।

जलेश्वरमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले नेपाल–भारत सम्बन्ध केवल कुटनीतिक मात्र नभइ जनजीवन, परिवारिक, संस्कार र संस्कृतिसंग जोडिएको सम्बन्ध रहेको प्रस्ट गरे ।

अध्यक्ष ठाकुरले भने, ‘नेपाल– भारत सम्बन्ध केवल कुटनीतिक मात्र होइन, यो जनजीवन, परिवार, संस्कार र संस्कृति जोडिएको सम्बन्ध हो । जनस्तरको सम्बन्ध अन्य सबै सम्बन्ध भन्दा गहिरो र स्थायी हुन्छ ।’ उनले अधिकार प्राप्तिको संघर्ष निरन्तर हुनुपर्नेमा जोड दिए । उनले अधिकार प्राप्तिको लडाई अझै पनि जारी नै रहेको जनस्तरको सम्बन्ध अघि बढाउनुपर्ने बताए ।

त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल–भारत खुला सीमाको सुरक्षामा दुबै देश जिम्मेवार रहनुपर्ने बताए । नेपाल भारत मैत्री संघद्वारा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले बदलिँदो भूराजनीतिक परिवेशका कारण नेपालले पनि विशेष सतर्कता अपनाउनुपर्ने अवस्था आएको बताए । मन्त्री भण्डारीले खुला सिमाना नेपालको मात्र नभई भारतको पनि साझा सुरक्षा चासो भएको उल्लेख गरे । उनले खुला सीमाले दुई देशबीचको सांस्कृतिक, पारिवारिक, धार्मिक र आर्थिक सम्बन्धलाई मजबुत रहेको बताए । उनले सुरक्षा चुनौतीको सन्दर्भमा दुवै देश जिम्मेवार भएर सीमा व्यवस्थापनमा ध्यानसमेत बताए ।

सो कार्यक्रममा धनुषाका २४ र महोत्तरीका १८ जना गरी ४२ जना एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई साइकल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार