अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ३, शनिबार ०९:०८

पूर्वका केही ठाउँमा रातिदेखि ठूलो पानी परेको छ । इलाम र झापामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

झापाको बाहुनडाँगी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा  ठूलो वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेकोले झापा भई बहने निन्दा खोला, मेची नदी र अरु तटीय क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज दिउँसो केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही ठाउँहरुमा तथा बाँकी भूभागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज रातिदेखि भने ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । राति कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

मौसमविद् उज्ववल उपाध्यायका अनुसार भोलि दिउँसोदेखि पर्सि सोमवार बिहानसम्म देशभर ठूलो वर्षाको सम्भावना छ ।

बागमती, कोशी र गण्डकी जलाधार क्षेत्रमा अत्यधिक पानी पर्ने भएकाले सकेसम्म लामो दूरीको यात्रा नगर्न उहाँको सुझाव छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार