अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ श्रावण ३, शनिबार ०९:०५

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नेकपा एमालेसंगको सत्ता सहकार्य वर्तमान सन्दर्भमा राष्ट्रिय आवश्यकता रहेको बताएका छन् ।

झापाको दमकमा शुक्रबार आयोजित पार्टी नेता, कार्यकर्ताहरुसँगको संक्षिप्त भेटघाटमा उनले एमालेसंगको सत्ता सहकार्य नभत्किने बताए । उनले प्रतिगामी शक्तिहरु सल्बलाएको र लोकतन्त्रमाथि प्रहार गर्न खोजेका कारण लोकतन्त्र पक्षधर दुई ठूला दल कांग्रेस र एमालेबीचको सहकार्यका लागि पार्टी सभापति शेरबहादुर देउवाले चालेको कदम उचित भएको टिप्पणी गरे ।

त्यसअघि नेता यादवले दमकमा पार्टी कार्यकर्ताहरुसँगको अनौपचारिक भेटघाटमा कांग्रेस भित्र अनुशासनको खडेरी रहेकाले चुनावमा घात अन्तर्घातले सिंगो पार्टीलाई नोक्सान गरिरहेको फेहरिस्त पनि प्रस्तुत गरेका थिए । पार्टीको केन्द्रीय अनुशासन समितिमा २ हजार १ सय उजुरीहरु परेको बताउँदै नेता यादवले अहिले १५/२० वटा उजुरीमाथि मात्रै सुनुवाई भएको र चुनावमा पार्टी भित्र अन्तर्घातको खेलमा रमाउने तत्वहरुले सधैं अनुशासनको कारवाही गरिँदा खैलाबैला मच्चाउने गरेको पनि टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार