अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ३२, बुधबार १३:५७

मधेशका विभिन्न ठाउँमा खानेपानीको सङ्कट समाधान गर्न वारुणयन्त्रको प्रयोग गरिने भएको छ । मधेश प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले वारुणयन्त्रबाट पानी आपूर्ति गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारसँग रहेका पाँच हजार लिटर क्षमताका आठवटा वारुणयन्त्र वीरगञ्ज पठाइएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानी समस्या समाधानका लागि आफूहरु लागिपरेको बताउनुभएको छ । खानेपानीको समस्या भएका ठाउँमा वारुणयन्त्र चौबिसै घण्टा परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।

वारुणयन्त्रको व्यवस्थापन र पानी आपूर्ति नेपाली सेनाले गर्नेछ । साथै सेनाले आफूसँग भएका सातवटा ट्याङ्करबाट पनि पानी आपूर्ति गर्ने तयारी गरेको छ ।

यसअघि वन विभागले तीनवटा ट्याङ्करमार्फत सुक्खाग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति गर्दै आएको थियो । मनसुनमा समेत पानी नपरेपछि प्रदेश सरकारले हालै मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार