अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ३२, बुधबार १३:५०

सर्लाहीमा मंगलबार बिहानदेखि हराएका ६ वर्षीय बालकको शव गएराति फेला परेको छ।

हरिपुर नगरपालिका-१ जानकीनगर निवासी दिनेश यादवका छोरा सुशान्त यादवको गएराति शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मंगलबार बिहान १० बजेतिर बालक आफ्नै घरबाट बेपता भएका थिए।

खोजतलास गर्ने क्रममा राति साढे ११ बजे घरबाट झण्डै आधा किमी पूर्वतर्फ खाल्डोको पानीमा डुबेको अवस्थामा बालकको शव भेटिएको हो।

सडक निर्माणका लागि जेसीभीले खनेको खाल्डोमा जमेको पानीमा डुबेको अवस्थामा बालकको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय मुर्तियाबाट  प्रहरी नायव निरीक्षक उदयकुमार झाको कमाण्डमा गएको प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।

जेसीभीले खनेको खाडलको कारण बालकको मृत्यु भएको भन्दै बालकका आफन्त र स्थानीयले बिरोध गरेका छन्।

प्रहरीले बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार