अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ३१, मंगलवार १४:२३

यसपालि मनसुनमा हालसम्म सुक्खाजस्तो रहेको तराई भूभागमा यो साता वर्षाको राम्रो सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मधेस प्रदेशसहित तराईका कतिपय स्थानमा वर्षा भएको छैन । त्यहाँ पनि अब पानी पर्ने मौसमविद्को भनाइ छ ।

पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले मंगलबार (असार ३१) रातिदेखि मधेसमा ‘मौसमी हलचल देखिने’ जनाएका छन् । पूर्वी तराईका जिल्लाहरू झापा, मोरङ, सुनसरी र सप्तरीमा मंगलबार रातिदेखि बुधबार (असार ३२) मध्याह्नसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना उनले औँल्याएका छन् ।

यस्तै, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा बुधबार साँझदेखि बिहीबार (साउन १) बिहानको बीचमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।

“वर्षा चुरे पहाडको फेद (महेन्द्र राजमार्गको उत्तरी भूभाग)तिर बढी र दक्षिणी भूभाग (सीमावर्ती क्षेत्र)तिर अलि कम हुनेछ । जय होस्,” उनले मंगलबार बिहान लेखेका छन् ।

नेपालमा मौसमी गतिविधिको निगरानी गर्ने आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पनि वर्षाको सम्भावना औँल्याएको छ । यसपालि मनसुनमा वर्षा नभएको तराई क्षेत्रमा पनि अब पानी पर्ने राम्रो सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले यो साता देशभर हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले जस्तै जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले पनि मनसुन सक्रिय हुन लागेको उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार