अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ३०, सोमबार १०:२६

नेपाल शिक्षक महासंघले साउन २ गतेसम्म विद्यालय शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा जाने चेतावनी दिएको छ । साउन २ गतेसम्म पर्खिने र त्यतिबेलासम्म पनि पास नभए त्यही दिन पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने महासंघले जनाएको छ ।

सरकारले विगतदेखि नै शिक्षक महासंघसँग सहमति गर्ने तर कार्यान्वयन नगर्ने गरेकाले यसपाली त्यस्तो अवस्था सहेर नबस्ने महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताएकी छिन् । असरा १५ भित्र ऐन जारी गर्ने सरकारको प्रतिबद्धता भए पनि अहिलेसम्म त्यो पूरा नभएकाले अब साउन २ गतेसम्मको समय दिइएको र त्यो पनि नभए आन्दोलनमा उत्रिन बाध्य हुने उनको चेतावनी छ ।

सरकार र शिक्षक महासंघबीच १७ वैशाखमा ९ बुँदे सहमतिसँगै १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो । तर, समय सीमा सकिएको पनि १५ दिन भयो । तर, विधेयक समितिमै अड्किएको छ ।

आन्दोलनबारे अनुमोदन गर्न महासंघले ९ र १० साउनमा केन्द्रीय समितिको बैठक समेत बोलाएको छ । विभागीय कारबाहीको अधिकार स्थानीय तहलाई नदिन महासंघको माग छ ।

गत २० चैतदेखि २९ दिन लामो शैक्षिक हड्ताल गरेर देशभरिका शिक्षकहरू सडक आन्दोलनमा आएका थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार