अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २९, आईतवार १६:३८

राप्रपाका असन्तुष्ट नेताहरुले पार्टी अध्यक्षले विधानविपरीतको गतिविधि गरेको भन्दै निर्वाचनमा आयोगमा उजुरी दिएका छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले केन्द्रीय अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुन लावतीलाई जिम्मेवारीबाट मुक्त गरेपछि असन्तुष्ट नेताहरुले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरी दिनका लागि सुवेदी, अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, महामन्त्री धवल शमशेर राणा, सगुन लावती लगाएतका नेताहरु आयोग पुगेका थिए । निर्वाचन आयोगमा दर्ता गराइएको उजुरीपत्रमा पार्टीको अध्यक्षको एकल निर्णयले पदावधि अगावै हटाउने र हटाएको स्थानमा अर्को व्यक्तिलाई नियुक्त गर्ने अधिकार विधानले नदिएको उल्लेख गरिएको छ । अध्यक्षले गरेको कारवाही बदर गरी अनुशासन समितिको अध्यक्ष पदमा यथावत् बहाली हुने गरी उपयुक्त निर्णय एवं निर्देशन जारी गर्न सुवेदीले आयोगसमक्ष अनुरोध गर्नुभएको छ । आयोगमा उजुरी दर्ता गरेपछि अनुशासन समिति अध्यक्षबाट पदमुक्त हुनुभएका सुवेदीले पार्टी अध्यक्षले आफुलाई जानकारी नदिइ पदबाट हटाउदा अन्याय भएकाले आयोगमा उजुरी दिन आएको बताउनुभयो । पार्टी फुटोस् भन्ने आफ्नो चाहना नभएको भन्दै उहाले पार्टीभित्र भइरहेको षड्यन्त्रबिरुद्ध आवाज उठाएको जिकिर गर्नुभयो ।

त्यस्तै राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले विधानबिपरितको निर्णय कुनै हालतमा मान्य नहुने उल्लेख गर्नुभयो । आफुहरु एकताबद्ध पार्टी बनाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै उहाले राजसंस्थाको पुनस्र्थापनाका लागि भइरहेको आन्दोलन निष्कर्ष पुराउने दावी गर्नुभयो ।

त्यस्तै प्रवक्ताको जिम्मेवारीबाट हटाइएका राप्रपाका नेता सगुन लावतीले अध्यक्षको निर्णयले आफुहरुमाथि अन्याय भएकाले आयोगमा आउनुपरेको धारणा राख्नुभयो । निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले प्राप्त निवेदनमाथि अध्ययन गरेर आवश्यक निर्णय लिइने जानकारी दिनुभयो ।

असार २५ गते राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम भन्दै सुवेदीलाई हटाउदै रोशन कार्कीलाई केन्द्रीय अनुशासन समितिको अध्यक्ष पदमा मनोनयन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार