अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २८, शनिबार १६:१०

गुगलले फोटोलाई भिडिओमा परिणत गर्ने नयाँ फिचर ल्याएको छ । कम्पनीले बिहीबारदेखि भिओ थ्री टुलमा यो फिचर उपलब्ध गराएको हो ।

भिओ थ्री टुल गुगल ‘फ्लो’ (Flow) नामक एआई भिडिओ प्लेटफर्म र जेमिनाई एपमा प्रयोग गर्न सकिन्छ । कम्पनीले गत मेमा आयोजित गुगल आईओ कन्फ्रेन्समा फ्लो टुल सार्वजनिक गरेको थियो ।

प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न जेमिनाई एपको प्रम्प्ट बक्समा रहेको टुल मेनुबाट ‘भिडिओ’ अप्सन छान्नुपर्ने हुन्छ । त्यसपछि आफूले भिडिओ बनाउन चाहेको फोटो अपलोड गर्नुपर्छ । यति गरेपछि प्रम्प्टमा आफूलाई चाहिएको अडियोबारे लेखेर भिडिओमा आवाज पनि थप्न सकिन्छ । भिडिओ तयार भएपछि यसलाई सजिलै डाउनलोड गर्न वा अरूलाई शेयर गर्न सकिनेछ ।

गुगलले गत सातादेखि यो सुविधा १५० भन्दा बढी देशमा उपलब्ध गराएको छ । हाल यो फिचर गुगल एआई अल्ट्रा (Google AI Ultra) र गुगल एआई प्रो (Google AI Pro) प्लानका प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । यी प्रयोगकर्ताले एक दिनमा तीन ओटासम्म भिडिओ बनाउन सक्नेछन् । तर प्रयोग नगरिएको कोटा अर्को दिनका लागि भने सर्ने छैन ।

खासगरी भिडिओलाई स्तरीय बनाउन तस्बिर एनिमेसनका गर्नुपर्ने प्रयोगकर्ताका लागि यो फिचर उपयुक्त हुने देखिन्छ । त्यस्तै यसको दुरुपयोग हुने सम्भावना पनि उत्तिकै छ । खासगरी यस्ता भिडिओ डिपफेक भिडिओका रूपमा चरित्रहत्या गर्नेदेखि अन्य विभिन्न किसिमका आपराधिक काममा दुरुपयोग हुने जोखिम छ ।

कम्पनीका अनुसार विगत सात हप्तामा जेमिनाई एप र फ्लो टुलमार्फत चार करोडभन्दा बढी भिडिओ बनाइएका छन् । एआईबाट बनेको भनी पहिचान गर्न ‘भिओ थ्री’ मोडेल प्रयोग गरेर बनाइएका सबै भिडिओमा ‘Veo’ लेखिएको वाटरमार्क स्पष्ट देखिन्छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार