अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २६, बिहीबार १३:११

सरकारले  एकै दिनमा साढे ३८ अर्ब रूपैयाँ बढी (३८ अर्ब ६१ करोड) सरकारी खर्चको भुक्तानी गरेको छ। कानुनत: चालु आर्थिक वर्षका लागि खर्च निकासा गर्न पाउने अन्तिम दिन यति धेरै रकम भुक्तानी गरिएको हो।

सहमहालेखा नियन्त्रक सुशीला अर्यालले योसँगै चालु आर्थिक वर्षका लागि भुक्तानी बन्द भएको बताइन्। ‘हाम्रो सिष्टम एआई बेस हुन्छ, राति १२ बजेदेखि अटोमेटिक लक हुन्छ। कानुनले विभिन्न परिस्थितिमा भुक्तानी गर्न सकिने व्यवस्था गरेको बाहेक अब भुक्तानी रोकियो,’ अर्यालले भनिन्।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार थाती रहेका सबै प्रकारका भुक्तानी फरफारक  गरिएको कारण एकै दिन ठूलो रकम निकासा भएको हो। गत वर्ष पनि भुक्तानी गर्न पाउने अन्तिम दिन साढे २१ अर्ब रूपैयाँ निकासा भएको थियो।

महालेखाको तथ्यांकअनुसार बुधबार १४ अर्ब ९३ करोड रुपैयाँ बराबरको चालु खर्च भुक्तानी गरिएको छ। त्यस्तै २१ अर्ब ७३ करोड रूपैयाँ बराबरको पुँजीगत खर्चको भुक्तानी भएको छ।

सार्वजनिक ऋणको सावाँ भुक्तानी र संस्थानहरूमा गरिने लगानीका लागि विनियोजन गरिएको वित्तीय व्यवस्थापन खर्च बुधबार मात्रै एक अर्ब ९४ करोड भुक्तानी भएको छ।

चालु वर्षमा हालसम्म भएको खर्चमा बुधबार मात्रै गरिएको भुक्तानी साढे २ प्रतिशतभन्दा धेरै छ।

चालु वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो।  १५ खर्ब ५ अर्ब रुपैयाँको खर्च भएको छ।

पुँजीगत खर्चको भुक्तानी भने एकै दिनमा ११.२८ प्रतिशत बढी भएको छ।

यो वर्ष सरकारले तीन खर्ब ५२ अर्ब रुपैयाँ मात्रै पुँजीगत बजेट विनियोजन गरेको थियो।  २ खर्ब ८ अर्ब रुपैयाँ खर्च भएको छ। यसमध्ये बुधबार एकै दिनमा २१ अर्ब ७३ करोड पुँजीगत खर्चको बिल भुक्तानी भएको छ।

अहिलेसम्म सरकारको पुँजीगत बजेट कार्यान्वयन ५९ प्रतिशत मात्रै पुगेको छ।

यो वर्षलाई ११ खर्ब ४० अर्ब चालु खर्च छुट्याइएकोमा ८५.८२ प्रतिशत खर्च भएको छ। त्यस्तै तीन खर्ब ६७ अर्ब रुपैयाँको वित्तीय व्यवस्थापन बजेटमा ८६ प्रतिशत  खर्च भएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार