अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २६, बिहीबार ०९:४८

पेरिस ।

युरोपभरि बढेको उच्च तापक्रमका कारण डढेलो फैलिएको छ र उच्च तापका कारण पोर्चुगलामा दुई सय ८४ जनाको मृत्यु भएको छ ।

पोर्चुगल, ग्रिस, फ्रान्स, स्पेन र युरोपसित जोडिएको टर्कीका केही भागमासमेत डढेलो फैलिएपछि अग्निनियन्त्रक हेलिकोप्टर र जहाजहरूले पानीको वर्षा गरिरहेका छन् । तर डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

पोर्चुगलमा हालसम्मकै सबैभन्दा उच्च ४६ दशमलव ६ डिग्री सेल्सियस पुगेको र २८४ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य महानिर्देशनालय (डिजिएस) ले जनाएको छ।

फ्रान्सको दोस्रो ठूलो सहर मार्सेईमा बुधबार बिहानैदेखि फैलिएको डढेलोले सयौँ घरहरु जलेका छन् । त्यहाँ सात सय अग्निनियन्त्रक, अग्निनियन्त्रक हेलिकोप्टर र जहाजबाट डढेलो निभाउने ग्यास र पानीको फोहोरा हान्दा पनि नियन्त्रणमा आउन नसकेको टिएफ १ न्युजले उल्लेख गरेको छ ।

अधिकारीहरूले सयौँ नागरिकलाई सुरक्षित स्थलतर्फ सारेका छन् । सहरमा पर्याप्त मात्रामा स्थायी आवास नभएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

फ्रान्सको दक्षिणी प्रान्त ओदमा भएको आगलागीमा परेर कम्तीमा १० जना घाइते भएका छन् जसमा पाँच जना नागरिक र पाँच जना अग्नि नियन्त्रक छन् । आगलागीका कारण राजमार्ग नौ आंशिक रूपमा बन्द भएको छ ।

दक्षिणी फ्रान्सेली बन्दरगाह सहर नजिकै फैलिएको डढेलोका कारण मार्सेई विमानस्थलमा उडान बन्द गरिएको स्थानीय अधिकारीहरूले मंगलबार बताएका छन्।

करिब ६५ किमी प्रति घण्टाका दरले बहेको तेज हावा र धरातल उबडखाबड भएकाले अग्निनियन्त्रकहरुलाई बाधा पुर्‍याएको अधिकारीहरूको भनाई छ ।

फ्रान्सेली मौसम सेवा विभाग मेतेयो फ्रान्सले वार र भौक्लुसलाई पनि सम्भावित वन डढेलोको रातो सूचीमा राखेको छ ।

त्यसैगरि स्पेनका अधिकारीहरूले उत्तरपूर्वी तारागोना प्रान्तका १८ हजारभन्दा बढी बासिन्दाहरूलाई डढेलोबाट जोगाउन लकडाउनमा राखेका छन्। उक्त क्षेत्रमा अग्नि नियन्त्रणमा खटिएका कर्मचारीहरूलाई सघाउन मंगलबार बिहानैदेखि आपत्कालीन सैन्य इकाइ खडा गरिएको छ ।

‘मध्यरातदेखि, अग्निनियन्त्रकहरूले प्रतिघण्टा ९० किलोमिटरको गतिमा हावा चलिरहेको बेला आगो निभाउने काम गरिरहेका छन्,’ क्याटालोनियाको क्षेत्रीय अग्निनियन्त्रक सेवाले जनाएको छ।

स्पेनमा तापक्रम उच्च भएपछि त्यहाँ उच्च सतर्कता अपनाइएको छ। जुलाई १ मा तारागोनाको क्याटालोनिया क्षेत्रमा आगलागीमा परी दुई जनाको मृत्यु भएको थियो ।

हंगेरीको मौसममा अचानक परिवर्तन आएपछि सोमबारको आँधीले ठूलो क्षति पुर्‍याएको थियो । हावाले रूखहरू उखेल्ने, ढाल्ने गरेको छ । बिजुलीका लाइनहरू ढलेका छन् । रेल यातायातलाई क्षति पुर्‍याएको छ । एक लाख ५० हजार मानिसको घरमा बिजुली बिच्छेद भएको छ ।

विशेषज्ञहरूले मौसममा आएको यो बदली र डढेलोलाई जलवायु परिवर्तनको कारण भएको हुन सक्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार