अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २३, सोमबार १६:२७

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको दाबी गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो स्पेन भ्रमणको उपलब्धिबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सम्मेलनमा आफ्नो सहभागिताले नेपालको छवि उँचो हुनुका साथै नेपालको वैदेशिक सम्बन्ध तथा राष्ट्रसङ्घसँगको सहकार्य अझ मजबुत बनाउन सहयोग पुगेको बताउनुभएकाे हाे ।

प्रधानमन्त्रीले सन् २०२६ मा नेपाल अतिकम विकसित देशबाट स्तरोन्नतिमा पुग्ने तयारीमा रहेको भन्दै सहयोगको आह्वान गरेको पनि बताउनुभयो । उहाँले भ्रमणबाट वैदेशिक र राष्ट्रसङ्घसँगको सम्बन्ध सुदृढ हुनुका साथै अतिकम विकसित देशको विकासकोपक्षमा पैरवी भएको उल्लेख गर्नुभयाे ।

प्रधानमन्त्री ओलीले सम्मेलनका अवसरमा अतिकम विकसित राष्ट्रहरूको समूहको बैठकलाई अध्यक्षतासहित सम्बोधन, विभिन्न साइलाइड वार्ता र गोलमेच सम्मेलनमा आफ्नो नेतृत्व, वकालत प्रतिबद्धताबारे सदनलाई जानकारी गराउनुभयो ।

उहाँले खानेपानी तथा सरसफाइ अभियानमा नेपालको सहभागिता घोषणा तथा सम्मेलनमा आयोजित विश्व ऐक्यबद्धतामा लगानी सम्मेलनमा सहभागी र सम्बोधन गरेको पनि बताउनुभयाे ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार