अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २३, सोमबार ११:२२

मधेश प्रदेश सरकारको अगाडि शहीद परिवारका सदस्यहरुले धर्ना दिएका छन् ।

आइतबार मधेश भवनको दुई नम्बर गेटमा उनीहरुले धर्ना दिएका छन् । धर्नामा बसेका ६ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषा प्रहरीका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले बाटो अवरुद्ध गरेको कारण ६ जनालाई पक्राउ गरेको जानकारी दिए । शहीद परिवारहरुले सरकारले आगामी आर्थिक वर्षको बजेटमा शहीद परिवारका लागि राख्ने कार्यक्रम र बजेट कटौती गरेको भन्दै प्रदर्शन गरेका छन् ।

शहीद प्रतिष्ठानमा रित्त पदमा सदस्य नियुक्त गर्नु पर्ने, हरेक सहिद परिवारलाई रोजगारी दिनुपर्ने र सबैको स्वास्थ्य बिमा हुनुपर्ने माग राखेर सहिद परिवार पटकपटक धर्ना दिँदै आएका छन् । विगतको सरकारले एक शहीद परिवार एक रोजगार कार्यक्रममार्फत रोजगारी दिए पनि वर्तमान सरकारले हटाउने प्रक्रिया अगाडि बढाइरहेको सहिद परिवारको गुनासो छ । अधिकांश सदस्यलाई मासिक तलबीबाट हटाएर दैनिक ज्यालादारीमा राखेको उनीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार