अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २२, आईतवार १४:३९

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज विभिन्न २४ वटा जिल्लामा बाढीको मध्यम जोखिम छ । पश्चिम क्षेत्र कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, जाजरकोट, दैलेख र आसपासका जिल्ला भएर बहने स–साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।

त्यस्तै काठमाण्डौ उपत्यकाका तीन जिल्लासहित सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ्ग, पाल्पा र आसपासका जिल्ला भई बहने नदीमा पनि बाढीको मध्यम जोखिम हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

भोलि र पर्सि पश्चिम सेती, महाकालीलगायतका नदीमा बहाब उल्लेख्य बढ्न सक्ने अनुमान छ । महाशाखाले मनसुन सक्रिय रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र बाढीको जोखिमबाट जोगिन पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार