अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २२, आईतवार १०:१८

नेपाल हुँदै भारत प्रवेश घुसपैठ गर्न खोजेका एक बंगलादेशी नागरिकलाई पक्राउ गरिएको छ ।

भार त–नेपाल सीमानाकास्थित वीरगञ्ज–रक्सौलको मैत्री पुल नजिकै भारतीय सीमा सुरक्षा बल (एसएसबी) बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति बंगलादेशको ढाका, कुमिल्ला निवासी करिब ५० वर्षीय सैयद इकबाल अहमद रहेको भारतीय एसएसबिले जनाएको छ ।

वैध भिसा वा अन्य कागजात बिना नै भारततर्फ जाने क्रममा एसएसबीको गस्ती टोलीले शंकाका आधारमा उनलाई नियन्त्रणमा लिएको थियो । उनलाई रक्सौलको अध्यागमन कार्यालयमा राखी प्रारम्भिक अनुसन्धान भइरहेको एसएसबीले जनाएको छ ।

एक भारतीय सुरक्षा अधिकारीले समक्ष अहमदले दिएको प्रारम्भिक बयानमा आफू ढाकाबाट काठमाण्डु हुँदै वीरगञ्जको बाटोबाट भारत प्रवेश गर्न लागेको दाबी गरे । प्रहरीलाई दिएको जानकारी अनुसार, उनी उत्तर प्रदेशको लखनउ स्थित दारुल उल मदरसामा कार्यरत बंगलादेशी शिक्षक जुबेर आलमलाई भेट्न जान लागेको र त्यसपछि अजमेर जाने योजनाको खुलासा गरेका छन् ।

भारत र पाकिस्तानबीचको द्वन्द्वपछि नेपालतर्फको सीमानाका कडाइ गरिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार