अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २१, शनिबार १९:१०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैलाई अटाउने राजनीतिक व्यवस्था र संविधान रहेको बताएका छन् । जय नेपाल फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो व्यवस्थाको विकल्प नभएको बताए ।

उनले कुनै पनि दलले सरकार बनाउन बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताए ।

सभापति देउवाले भने, ‘बहुदलीय व्यवस्थामा प्रतिस्पर्धा हुनु स्वाभाविक कुरा हो । अहिले कुनै पार्टीको पनि बहुमत आउँदैन । गाह्रो छ, तर सरकार बनाउन त बहुमत हुनैपर्‍यो । त्यसैले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने आवश्यक र बाध्यता छ, नमिली हुँदै हुँदैन । मन परेको होस् वा नपरेको होस्, यस्तै छ के गर्नुहुन्छ ? काम गर्नुपर्ने समस्या छ ।’

संसदीय व्यवस्थामा प्रतिस्पर्धी र विपक्षी पार्टीसँग मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । सभापति देउवाले समावेशी र समानुपातिक आधारमा बनेको संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार