अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार २०, शुक्रबार १२:२४

धनुषाको विदेह नगरपालिका–२ मा रहेको गोबराही क्षेत्रमा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ ।

गएराति भएको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

गोबराही क्षेत्रमा मोटरसाइकलमा अबैध रूपमा ल्याउँदै गरेका सामानहरु लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले एउटा मोटरसाइकल फेला पारेको थियो ।

नजिकै रहेको टहरोमा पनि खोजतलास गर्ने क्रममा अन्दाजी झन्डै डेढ सय जना तस्कर समूहले घरेलु हातहतियारसहित प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकरी दिनुभयो ।

सशस्त्र प्रहरीले १३ राउण्ड ग्यास सेल र चार राउण्ड हवाई फायर समेत गरेको थियो । घाइतेमध्ये तीन जना प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार