अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १७, मंगलवार १८:२७

काठमाडौं, १७ असार । पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय निजामती सेवा विधेयकको मूल संरचनामै हेरफेर गरेर प्रतिनिधिसभामा पेश गर्नु ‘सुनियोजित अपराध’ भएको बताएका छन्।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत कडा प्रतिवाद जनाउँदै लोकतन्त्र, सांसद र जनप्रतिनिधि संस्थाको योभन्दा ठूलो अपमान र अवमूल्यन अरू के हुन सक्छ भन्दै आक्रोश पोखेका छन्।

 

“हद भयो। सिमा पार गर्यो । लोकतन्त्र र जनप्रतिनिधि संस्था सांसदको यो भन्दा अवमूल्यन, अपमान र उपहास अरु के हुन्छ?” श्रेष्ठले लेखेका छन्, “त्यसर्थ राज्यव्यवस्था समितिले पारित गरेको संघीय निजामती विधेयकलाई प्रतिनिधिसभामा हेरफेर गरेर पेश गर्ने दुशकार्यको जिम्मेवार जो सुकै भए पनि कडा भन्दा कडा कारबाही हुनुपर्छ।”

 

विशेषगरी ‘कुलिङ पिरियड’ जस्तो गम्भीर र लामो समयदेखि बहस भएको प्रावधान हटाइएकोप्रति उनले गम्भीर आपत्ति जनाएका छन्। “यो कमजोरी होइन, सुनियोजित अपराध हो,” उनले स्पष्ट लेखेका छन्।

राज्यव्यवस्था तथा सुशासन समितिले विस्तृत छलफलपछि पारित गरेको विधेयकमा राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूलाई केही समयसम्म सरकारी सेवामा प्रवेश निषेध गर्ने (कुलिङ पिरियड) प्रावधान राखिएको थियो। तर प्रतिनिधिसभामा पेश गर्दा उक्त प्रावधान हटाइएको छ।

श्रेष्ठले यस्तो हेरफेर जनताप्रति धोका र लोकतान्त्रिक प्रक्रियामाथिको घात हो भनेका छन्।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार