अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १५, आईतवार १२:२९

जनकपुरधाम ।

जनकपुरधाम उपमहानगरपालिकाले २५ वटै वडामा धान रोपाइ कार्यक्रम सञ्चालन गरी २२औँ राष्ट्रिय धान दिवस उत्साहपूर्वक मनाएको छ ।

आनन्द नेपाल संस्थाको आयोजनामा जनकपुरधामको नेचा पोखरीमा आयोजित मुख्य कार्यक्रम नगरप्रमुख मनोजकुमार साहको अगुवाइमा सम्पन्न भयो । कार्यक्रममा मधेस प्रदेशसभा सदस्य रामसरोज यादवसहित स्थानीय जनप्रतिनिधि, किसान र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख साहले धानलाई मुलुकको अर्थतन्त्रका लागि आधारभूत बालीको रूपमा चित्रित गर्दै धान उत्पादन वृद्धि र आत्मनिर्भरताका लागि स्थानीय तह सक्रिय रहेको बताए । ‘धानमा हाम्रो परनिर्भरता हटाउन खेती विस्तार र उत्पादकत्व वृद्धिमा ध्यान दिनु जरुरी छ,’ उनले भने ।

साहले कमला सिँचाइ आयोजना तत्काल अघि बढाउन संघ सरकारलाई आग्रह गर्दै सिंचाइ अभावका कारण उत्पादनमा प्रभाव परेको उल्लेख गरे । साथै, धान रोपाइको समयमा मलको अभाव हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै संघ सरकारलाई मल आपूर्ति समयमै सुनिश्चित गर्न आग्रह गरे ।

धान दिवसको अवसरमा रोपाइ, खेतमा खेलकुद, परम्परागत गीत–संगीत लगायत कार्यक्रमहरू समेत आयोजना गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार