अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १३, शुक्रबार १३:३५

नयाँ दिल्ली । भारतको हैदराबादस्थित रक्षा अनुसन्धान एवं विकास संगठन (डीआरडीओ) को उन्नत नौसेना प्रणालीले के-६ हाइपरसोनिक मिसाइल विकास भइरहेको छ।

 

भारतीय सञ्चारमाध्यमको दाबीअनुसार यो मिसाइल ब्रह्मोस भन्दा बढी घातक हुनेछ। यो विशेष गरी उन्नत एस-५ वर्गको आणविक-सञ्चालित पनडुब्बीहरूका लागि डिजाइन गरिएको हो। यो अरिहन्तभन्दा ठूलो आणविक-सञ्चालित एस-५ पनडुब्बी १२ मिटर लामो, दुई मिटर चौडा र दुईदेखि तीन टन वारहेड बोक्न सक्षम हुनेछ।

 

रिपोर्टअनुसार, यो मिसाइलको चाँडै परीक्षण हुने अपेक्षा गरिएको छ। पनडुब्बी प्रक्षेपित ब्यालिस्टिक मिसाइल (एसएलबीएम) के-६ पनडुब्बीबाट प्रक्षेपण गर्न सकिन्छ।

 

के-६ मिसाइलको विकासपछि भारत हाइपरसोनिक मिसाइल भएका देशहरूको सूचीमा समावेश हुने दाबी गरिएको छ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार