अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १३, शुक्रबार १२:५०

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ कोलगाउँमा असार ११ मा एक जना किशोरी मृत भेटिइन् । कोलगाउँका पदमबहादुर तामाङकी छोरी १६ वर्षीया निशा तामाङ घरबाट करिब ४ सय मिटर पर जङ्गलमा मृत भेटिएकी थिइन् ।

उनलाई सामूहिक बलात्कारपछि हत्या गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बलात्कारपछि हत्यामा संलग्न आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । सामूहिक बलात्कार पछि निशाको हत्या भएको अनुसन्धानबाट थाहा भएको सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए । उनले भने, ‘हत्यामा संलग्न ५ जनालाई पक्राउ गरेका छौँ ।’

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले शुक्रबार पत्रकार सम्मेलनमार्फत घटनाको जानकारी गराउँदैछ । मदिरा सेवन गरेका ५ जनाले पालैपालो बलात्कारपछि हत्या गरेर छ्यादिखोला जङ्गलमा किशोरीको शव फालेर भागेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

काठमाडौँबाट तालिमप्राप्त कुकर लगेर घटना अनुसन्धान गरिएको थियो । प्रहरी प्रधान कार्यालयस्थित केनाइन कार्यालयका इन्स्पेक्टर कृष्ण बस्नेतको कमान्डमा दुई वटा तालिम प्राप्त कुकुरलाई घटनास्थलमा परिचालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार