अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १२, बिहीबार १८:०९

मधेश प्रदेशमा सरकारको नेतृत्व फेर्नेबारे राजनीतिक छलफल सुरु भएको छ । बजेट पारित भएलगत्तै मुख्यमन्त्री परिवर्तन हुने नेताहरूले बताएका छन् । पूर्वसहमति अनुसार जनमत पार्टीले कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने नेताहरूले बताएका हुन् ।

नेताहरूका अनुसार २२ असारमा बजेट पारित हुने र लगत्तै सरकार परितर्वन गर्ने तयारी भइरहेको छ । कांग्रेस मधेश प्रदेशसभाका प्रमुख सचेतक कुमारकान्त झाले अगामी आर्थिक वर्षको बजेट पास भएलगत्तै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताए । ‘गठबन्धन दलबीच भएको सहमति अनुसार बजेट ल्याउनुअघि नै कांग्रेसले सरकारको नेतृत्व पाउनुपर्ने हो । तर, बजेट सार्वजनिक गर्ने बेलामा सरकार परिवर्तन भएको खण्डमा केही प्राविधिक समस्याहरू हुन्थ्यो, त्यसकारण हामीले बजेट आएपछि मात्रै सरकारको नेतृत्वको विषय कुरा अगाडि बढाउने सहमति भएको थियो,’ उनले भने ।

२२ असारसम्म बजेट पास हुने र त्यसपछि जनमतले सहमति अनुसार कांग्रेसलाई नेतृत्व दिनेमा विश्वस्त रहेको प्रमुख सचेतक झाले बताए । कांग्रेसलाई नेतृत्व दिने विषयमा एमाले, लोसपासहितका सत्तासाझेदार दल तयार रहेको दाबी गर्दै उनले भने, ‘यो गठबन्धनको तत्काल विकल्प छैन । गठबन्धलाई अगाडि बढाउन जनमतले पनि सहमतिको पालना गर्नुपर्छ ।’ उनले सहमति कार्यान्वयन नभए राजनीतिक बेइमानी हुने र कांग्रेसले अर्को उपायबारे छलफल गर्ने बताए ।

सत्ता गठबन्धन दलहरूबीच प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने भएको सहमतिअनुसार अब जनमतका मुख्यमन्त्री सतिशकुमार सिंहले कहिले सरकारको साँचो कांग्रेसलाई हस्तान्तरण गर्छन् भने चासो देखिएको छ । मुख्यमन्त्री सिंहले मधेश सरकारको नेतृत्व गरेको एक वर्षभन्दा बढी भइसकेको छ । करिब एक महिनाअघि कांग्रेस सभापति शेरबहादुर देउवाले मधेशमा अबको सरकार कांग्रेसको नेतृत्वमा बन्ने बताएका थिए । सभापति देउवाको उक्त भनाइपछि मधेश प्रदेशमा सरकार परिवर्तनको रस्साकस्सी सुरु भएको छ । एक वर्षअघि भएको सहमतिअनुसार सरकार परितर्वन हुन लागेको हो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार