अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १२, बिहीबार १६:०८

प्रहरीले पर्सामा ठूलो परिमाणमा लागुऔषध चरेश सहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौंबाट बीरगञ्जतर्फ जादै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकबाट ३ सय १९ केजी लागूऔषध चरेश बरामद गरिएको जनाएको छ।

बिशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–२१ परवानीपुर चोकमा रोकी राखेको अवस्थामा ट्रक र चालकको खानतलासी गर्दा ठूलो परिमाणमा लागुऔषध चरेश फेला परेको प्रहरीले जनाएको छ । उक्त ट्रकको पछाडी सामान बोक्ने भागमा सेतो प्लाष्टिकको बोराभित्र लुकाई राखेको अवस्थामा १३ पोकामा ३ सय १९ केजी चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।

त्यस्तै ट्रक चालक बुद्धी बहादुर स्याङतानका साथबाट रु १ लाख ९२ हजार रुपैया समेत फेला परेको प्रहरीले जनाएको छ । उक्त लागू औषध भारत लैजान खोजिएको प्रहरीको भनाइ छ । ट्रक र बरामद लागू औषधसहित ट्रक चालक स्याङतानलाई नियन्त्रणमा लिइ लागू औषध सम्बन्धी कसूरमा पर्सा अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार