अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १२, बिहीबार १४:१४

राष्ट्रिय मानव अधिकार आयोगले यातना पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह गरेको छ ।

यातना पीडितहरूको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस (२६ जुन) का अवसरमा विज्ञप्ति निकालेर आयोगले सिफारिश गरेबमोजिम कारबाही गर्नेतर्फ सरकारको प्राथमिकता नदेखिएको भन्दै असन्तुष्टि पनि जनाएको छ ।

यातनासम्बन्धी विचाराधीन ३ सय ७० उजुरीमध्ये यस आर्थिक वर्षमा ५५ वटा उजुरीमा अन्तिम निर्णय भएको आयोगले जनाएको छ । साथै २२ वटा उजुरीमा क्षतिपूर्ति र कारबाहीका लागि सिफारिश भएकोमध्ये १७ जनालाई ३ लाख ३० हजार रुपैयाँ क्षतिपूर्ति र १६ जनालाई कारबाहीका लागि सिफारिश गरिएको छ ।

नेपालको संविधानको धारा २२ मा पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक याताना दिइने वा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गरिने छैन भन्ने उल्लेख छ । यस्तो कार्य कानून बमोजिम दण्डनीय हुने र पीडितले क्षतिपूर्ति पाउने हकको व्यवस्था गरिएको छ ।

आयोगले कुनै पनि व्यक्तिलाई यातना दिइनेजस्तो अमानवीय तथा अपराधजन्य कार्य कहीँ कतैबाट पनि नगर्न/नगराउन, सिफारिशहरू पूर्णरूपमा कार्यान्वयन गर्न र यातना पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार