अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ११, बुधबार १३:२७

काठमाडौँ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार ११, बुधबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

बाढी महाशाखाका अनुसार आज बागमतीसहित देशका ठूला नदी तथा काठमाडौँसहित ५६ जिल्लामा सतर्कता अपनाउन आवश्यक छ।

बाढी महाशाखाले जारी गरेको बुलेटिनमा आजसमेत तीन दिन (शुक्रबारसम्म) कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू, साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने सम्भावना रहे पनि बढ्न सक्ने तथा कोसी, नारायणी नदी, कन्काई र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने आकलन रहेकाले ती नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ।

जिल्लाका हिसाबले चाहिँ बाढी महाशाखाले आज काठमाडौँसहित ५६ जिल्लालाई सतर्कताको सूचीमा राखेको छ।

जसअनुसार आज सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलाञ्चोक, धादिङ, गोरखा, तनहुँ, गुल्मी, कास्की, पर्वत, पाल्पा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, डोटी, डडेलधुरा, बैतडी, बझाङ र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ।

साथै झापा, इलाम, पाँचथर, संखुवासभा, धनकुटा, दोलखा, नुवाकोट, मोरङ, सुनसरी, रौतहट, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, उदयपुर, चितवन, सल्यान, ताप्लेजुङ, खोटाङ, सिराहा, धनुषा, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, रुकुमपूर्व, अर्घाखाँची, प्युठान, सुर्खेत, कपिलवस्तु, दाङ, रुकुमपश्चिम, जाजरकोट, कालिकोट, डोटी, दैलेख, अछाम, दार्चुला, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम देखिएकाले ती नदीका तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन जरुरी छ।

हेर्नुहोस् बाढी महाशाखाको सूचना–

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार