अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १०, मंगलवार १७:२८

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधानप्रति आफूले कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारेका छन् । आफूलाई गाली आउँदा सहने तर संविधानमाथिको अपमान नसहने उनको टिप्पणी छ ।

आज संसद वैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई बलियो बनाउने र राष्ट्रिय एकता कायम गर्ने गरी संविधान संसोधन गर्न सकिने बताए । तर, संविधानको अपमान हुने गरी टिकाटिप्पणी नगर्न उनले आग्रह गरे ।

उनले भने, ‘म आफूलाई आलोचना, विरोध, गाली सहन्छु तर सहितदप्रतिको अपमान, बलिदानप्रतिको अपमान, विगतका संघर्षको अपमान, प्रणालीको अपमान, संविधानको अपमान यो कुरा सैह्य हुँदैन । माननीयज्यूहरुले बोल्दा यी कुराहरुमा संयम अपनाएर बोलौं ।’

कुनै पनि कुरालाई संसदले हल्का ढंगले लिनु नहुने ओलीले बताए ।

उनले थपे, ‘संसद भनेको प्रणाली र संविधानभित्रबाट क्रियाकलाप गर्ने ठाउँमा हो । यहाँ बलिदानको धज्जी उडाउने र यसलाई मजाक बनाउने कुरा नगरौं ।’

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार