अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १०, मंगलवार १३:१८

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद् बहिष्कारलाई निरन्तरता दिने निर्णय गरेको छ ।
आन्तरिक छलफलपछि यस्तो निर्णय लिएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
‘विरोध नियमित राख्ने निर्णय भयो । सुरुमा कुरा राख्छौं र संसद्को कामकारबाही बहिष्कार गर्छौं’ शाहीले भने ।
उनका अनुसार सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले भिजिट भिसा प्रकरणमा प्रभावकारी काम गर्न नसक्ने निष्कर्षमा राप्रपा छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाएको छ । उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचिवहरू रहनेछन् ।
भिजिट भिसा प्रकरणलाई लिएर राप्रपाले संसद्को कामकारबाही बहिष्कार गर्दै आएको छ । अवरोधकैबीच सरकारले बजेटमाथिको छलफल अघि बढाउँदै आएको छ । आफूहरू उच्चस्तरीय न्यायीक आयोग गठन गर्नुपर्ने मागमा रहेको शाहीले बताए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार