अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार १०, मंगलवार १०:५९

जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडा तानिएका छन् । उनलाई प्रदेश प्रहरी कार्यालय बागमतीमा काज सरुवा गरिएको छ ।

सप्तरीको इन्चार्जमा प्रहरी प्रधान कार्यालयमा कार्यरत गौतम केसीलाई पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । गाँजा मुद्दाका फरार आरोपीलाई पक्राउ नगर्ने सर्तमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत वरिष्ठ सई विश्वनाथ त्रिपाठीले रकम लिएको आरोप छ ।  फरार आरोपी जोगानन्द मण्डल ‘बुधन’ लाई पक्राउ नगर्ने सर्तमा उनका भाइ अखिलेश मण्डलसँग त्रिपाठीले ४ लाख रुपैयाँ लिएको घटनाबारे मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन गरिरहेको छ ।

सञ्चारमाध्यम मार्फत बाहिरिएको भिडियोमा वरिष्ठ सई विश्वनाथ त्रिपाठीले युनिफर्ममै रकम लिएको देखिन्छ । त्रिपाठीलाई खतिवडाले परिचालन गरेको आरोपमा छानबिन भइरहेको छ ।

सप्तरी पठाइएका एसपी केसी गत असोजमा धादिङबाट तानिएका अधिकृत हुन् । छानबिन समितिले झ्याप्ले खोलामा गाडी पुरिएको घटनामा उनको कमजोरी देखिएको र प्रमुख जिल्ला अधिकारीसँग समन्वय नगरेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार