अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ९, सोमबार १२:२२

वर्षायाम शुरू भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार रसुवा, मनाङ, हुम्ला, डोल्पाबाहेक बाँकी ७३ जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ  ।

६ महिनायता १ हजार ४ सयभन्दा धेरैमा डेङ्गी सङ्क्रमण भएको छ । सबैभन्दा बढी बागमतीमा ३ सय ७१ जना, कोशीमा २ सय ९९, गण्डकीमा २ सय ५१ जना, लुम्बिनीमा २ सय ४५ जना, सुदूरपश्चिममा १ सय ८४ जना, कर्णालीमा ३२ जना र मधेशमा २१ जनामा सङ्क्रमण पुष्टी भएको महाशाखाले जनाएको छ ।

उच्च ज्वरो आउने, टाउको, घाँटी, आँखा दुख्ने, हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने डेङ्गी मुख्य लक्षण हुन् ।

डाक्टरका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल निस्किने लार्भा वयस्क भएपछि त्यसले टोकेमा डेङ्गी रोग लाग्छ ।

एडिस लामखुट्टे विशेषतः बिहान र बेलुकी घाम अस्ताउनुभन्दा अगाडि बढी सक्रिय हुने र त्यसैबेला सङ्क्रमण बढी सार्छ ।

यो जातको लामखुट्टेले सफा जमेको थोरै पानीमा फुल पार्ने भएकाले पानी जन्म नदिन र सरसफाइमा विशेष ध्यान दिनुपर्ने डाक्टरहरुको सुझाव छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै पालिकालाई ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाउन पत्राचार गरिसकेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार