अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ९, सोमबार १०:०६

राजविराज।

हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भलुवा जाने बाँधको भित्री सडकखण्डमा आज दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

कङ्कालिनी मन्दिरबाट भलुवातर्फ जाँदै गरेको को१०प ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा५५प ६६३९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्किँदा दुवै चालकको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार बा५५प ६६३९ नम्बरको मोटरसाइकल चालक सप्तरीको शम्भुनाथ नपा–११ राजपुर बस्ने वर्ष १९ का अविनाश मण्डल र को१०प ५६२ नम्बर मोटरसाइकल चालक कञ्चनरूप नपा–१ बैरवा बस्ने वर्ष ३४ को ओमप्रकाश पञ्जियारको मृत्यु भएको हो ।

मण्डलको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा र पञ्जियारको विराटनगरस्थित न्युरोमा उपचारका क्रममा ज्यान गएको प्रहरीको भनाइ छ ।

त्यस्तै को१०प ५६२ नम्बरको मोटरसाइकलको पछाडि सवार कञ्चनरुप–१ कै वर्ष ३० को सुभास महतो घाइते भएका छन् । उनी उपचारपछि घर पठाइएको र दुर्घटना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार