अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ९, सोमबार १०:०३

जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

बर्दिया जिल्लाको गुलरिया नगरपालिका–५ निवासी रायमाझीमाथि बैंकिङ कसुर अन्तर्गत मुद्दा दायर भएपछि अदालतले १६ जेठमा पक्राउ पुर्जी जारी गरेको थियो । पर्सा अदालतको आदेशअनुसार जिल्ला प्रहरी कार्यालय पर्साले बर्दिया प्रहरीलाई रायमाझीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन पत्राचार गरेको थियो । तर, अहिलेसम्म बर्दिया प्रहरीले उनलाई पक्राउ गरेको छैन ।

सांसद रायमाझीमाथि जनमत पार्टीकै नेतृ आशा कुमारी चौहानले पर्सा प्रहरीमा बैंकिङ कसुर सम्बन्धी जाहेरी दिएकी थिइन् । चौहानका अनुसार रायमाझीले आफूसँग २ लाख ७५ हजार रुपैयाँ सापटी लिएर नफर्काएपछि सो रकमको चेक दिएकी थिइन् । तर, उक्त चेक बैंकमा साट्न जाँदा रकम नपुगेर बाउन्स भएको थियो ।

रायमाझीले एभरेष्ट बैंक लिमिटेडको चेकमार्फत रकम तिर्न खोजेकी थिइन् तर खातामा पर्याप्त रकम नभएकाले चेक बाउन्स भएको छ । राजनीतिक पृष्ठभूमि हेर्दा, सुमन शर्मा रायमाझी यसअघि जनता समाजवादी पार्टी (जसपा) बाट प्रदेश सांसद बनेकी थिइन् । उनी एमाले नेतृत्वको सरकारमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पालामा भौतिक पूर्वाधार विकास राज्य मन्त्रीको जिम्मेवारीमा थिइन्। त्यसपछि लुम्बिनी प्रदेश सरकार अन्तर्गत माओवादी केन्द्रका मुख्यमन्त्री कुलप्रसाद केसीको मन्त्रिपरिषद्मा कृषि मन्त्रीसमेत बनेकी थिइन् ।

पक्राउ पुर्जी जारी भएपनि हालसम्म सांसद रायमाझी स्वतन्त्र रुपमा हिँडडुल गरिरहेकी छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार