अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ९, सोमबार १०:०१

लुम्बिनी, बागमती र मधेश प्रदेशका केही ठाउँमा बिहानैदेखि ठूलो पानी परेको छ । पाल्पा, प्यूठान, नवलपरासी, चितवन, बारा, रौतहटलगायतका ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रुपन्देही भएर बहने नदी खोला तथा बाराको लालबकैया खोला लगायत अरु ससाना खोलामा आकश्मिक बहाव बढ्न सक्ने भएकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै अर्घाखाँचीको राङसिङ खोलालगायत अरु साना खोला र कपिलवस्तुको सुरई खोला लगायत अरु साना खोला आसपासमा पनि सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी तथा राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार