अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ९, सोमबार ०९:४०

वीरगञ्ज । जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बर्दियाको गुलेरिया नगरपालिका–५ घर भएकी रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट बैंकिङ कसुरको मुद्दामा पक्राउ पुर्जी जारी भएको हो।

पर्सा जिल्ला अदालतले जेठ १६मा पक्राउ पुर्जी जारी गरिदिएपछि पर्सा प्रहरीले पक्राउ गरी पठाइदिन भन्दै बर्दिया प्रहरीलाई पत्राचार गरेको छ। पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले उक्त नामको व्यक्तिविरुद्ध आवश्यक अनुसन्धान अगाडी बढाइएको बताए।

पर्सा प्रहरीका अनुसार उनीविरुद्ध आशा कुमारी चौहानले २ लाख ७५ हजार रुपैयाँ सापटी लगेर नतिरेको र रकम नभएको बैंक खाताको चेक दिएको भन्दै उजुरी दिएकी छन्।

रायमाझी समानुपातिकतर्फबाट जनमतकी सांसद हुन्। उनी यसअघि मन्त्री समेत भएकी थिइन्।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार