अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ असार ७, शनिबार १४:१७

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सोमबारसम्म विशेष अदालतमा हाजिर हुने भएका छन्।

अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा हाजिर हुन लागेका हुन्। पतञ्जली जग्गा प्रकरणमा दुई साताअघि नेपालसहित ९३ जनाका विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

एकीकृत समाजवादीसम्बद्ध वकिल संगठन एसपीएलएका अध्यक्ष डेकेन्द्रराज सुवेदीका अनुसार कानुनी प्रकियामा सामेल हुनका लागि अदालतबाट म्याद जारी हुनुअघि नै उनी हाजिर हुन जाने भएका छन् ।

उनीविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित मुद्दा दायर भएको थियो ।

मुद्दा दायर गरिए पनि अहिलेसम्म उनका नाममा म्याद पुर्जी काटिएको छैन।’सोमबारसम्ममा उहाँ हाजिर हुनेमात्र हो’, सुवेदीले भने ‘बाँकी कानुनी प्रक्रियाको तयारीमा हामी जुटिरहेका छौं ।’ नेपालका तर्फबाट उक्त मुद्दामा बहस गर्ने वकिलहरु पनि एसपीएलएले तयार पारेको सुवेदीले बताए ।

नेपाल सोमबार हाजिर भएमा त्यसपछि बयान शुरु हुन्छ । मुद्दाका कागज र अन्य प्रमाणमाथि केन्द्रित रही बहसको काम त्यसपछि हुन्छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार