अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र २८, शनिबार ०८:५१

होटेल संघ नेपालले जेनजी आन्दोलनका क्रममा दुई दर्जनभन्दा बढी होटेलमा क्षति पुगेको जनाएको छ ।

महोत्तरी, मोरङ, विराटनगर, झापा, काठमाण्डु उपत्यका, पोखरा, बुटवल, भैरहवा, धनगढी, दाङ, तुल्सीपुरलगायत क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्रान्डसमेतका चर्चित होटेलमा तोडफोड, आगजनी तथा लुटपाट भएको संघले जनाएको छ । काठमाण्डुमा रहेको हिल्टन होटेलको मात्रै आठ अर्बभन्दा बढीको क्षति भएको छ ।



 

देशैभर करिब २५ अर्ब भन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान रहेको संघले जारी गरेको विज्ञप्तिमा जनाएको छ । यसबाट प्रभावित होटेल मर्मत सम्भार, पुनर्निर्माण नगरी सञ्चालनमा आउन नसक्ने संघको भनाइ छ । दुई हजारभन्दा बढी कामदार कर्मचारीको रोजगारी प्रभावित भएको छ ।

संघले भनेको छ, “हाल संचालन अवरुद्ध भएका यी होटलहरूले व्यहोर्नु पर्ने बैंक तथा वित्तीय संस्थालगायत आर्थिक दायित्व नियमित रूपमा तिर्न/बुझाउन असमर्थ रहने देखिएको छ ।” पब्लिक लिमिटेड कम्पनीसहितको निजी क्षेत्रमा भएको ठूलो लगानी र सम्पत्तिमा भएको पीडादायी क्षतिको तत्काल शक्तिशाली अधिकारप्राप्त न्यायायिक समितिबाट जाँचबुझ गर्न संघले माग गरेको छ ।

“अपराधीलाई उचित क्षतिपूर्तिसहितको दण्ड तथा मर्मत सम्भार पुनर्निर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराउनुपर्छ,” संघले जारी गरेको विज्ञप्तिमा भनेको छ, “लगानीकर्ताको मनोबल कायम राख्न तथा आर्थिक स्थायित्व तथा समृद्धि हासिल गर्दै परिवर्तनकारी नयाँ युगमा पर्यटन विकासको कार्यमा सँगसँगै अघि बढ्न होटेल संघ नेपाल माग गर्छ ।”

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार