अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र २४, मंगलवार १३:४१

जेनजीको आन्दोलनले समस्या निम्त्याएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात र ढुवानीको सवारी नचलाउने भएका छन् । आज एक विज्ञप्ति निकालेर गाडी नचलाउन अनुरोध गरेको हो ।

जेनजी समूहको शान्तिपूर्ण प्रदर्शनमा नेपाल सरकारबाट भएको प्रत्यक्ष दमनका कारण देशभर घाइते र १९ जनाको प्रहरी प्रशासनको गोली लागी मृत्यु भएको घटना प्रति यस महासंघले  दुःख व्यक्त पनि गरेको छ ।



 

अतः दुखद घटनाका कारण काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित भएको छ । नेपाल सरकारबाट विभिन्न स्थानमा कर्फ्यु आदेश भएको हुँदा उपत्यका लगायत देशभर सञ्चालित सार्वजनिक यातायात र ढुवानी मालवाहक सवारी साधनहरू सञ्चालन गर्न असहज परिस्थिति सृजना भएको छ ।

‘नेपाल सरकारबाट उचित शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि उपत्यका लगायत देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधनहरू सञ्चालन नगर्न नगराउन हुन महासंघका सम्पूर्ण सदस्य संघ, समिति, कम्पनी, प्रालीहरुलाई अनुरोध गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार