अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १९, बिहीबार ११:३३

धनुषा–सिरहालाई जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमला नदिको पुल पुर्न निर्माणका लागि संघ तथा प्रदेश सरकारलाई दबाब दिने निर्णय भएको छ ।

कमला नगरपालिकाको आयोजनामा धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका विभिन्न पालिकाका प्रमुखहरुको सहभागितामा आज भएको वैठकमा कमला पुलको निर्माण नहुदै पुलका पायाहरु भाँसिएको र निर्माण कार्य अबरोध भएकाले यस क्षेत्रका आम जनताले निक्कै सास्ति भोग्नु परेको भन्दै नयाँ पुल निर्माणका लागि दुवै सरकारलाई दवाव दिने निर्णय गरेको छ ।



 

१४ वर्ष देखि निर्माण भएको कमला पुलको डिजाईन नै गलत भएका कारणले पुल सञ्चालन नहुँदै पिलर भासिएकाले उक्त ठाउँमा नयाँ पुलको निर्माणको शुरुआत गरिदिनका लागि संघ वा प्रदेश सरकारसंग पालिका प्रमुखहरुको बैठकले माग गरेको छ ।

हुलाकी सडकमा पर्ने कमला पुल मरम्मत गरेर सञ्चालन गरिए पनि टिकाउँ नहुने भएकाले नयाँ पुल निर्माण उपयुक्त भएकाले पुल निर्माण प्रक्रिया अगाडि बढाई दिनका लागि माग गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जानकारी दिए ।

हुलाकी राजमार्ग तथा कमला नदिको पुल निर्माण नभएका कारणले सर्वसाधारणलाई अवागनमा समस्या हुनुका साथै यस क्षेत्रका उद्योग, व्यापार, व्यवसायमा नकारात्मक असर पार्ने काम गरेकाले शीघ्र निर्माणका लागि वैठकले माग गरेको जनकपुरधामका मेयर साहले बताए ।

कमला पुल नभएका कारणले सर्वसाधारणहरु लामो दूरी तय गर्न पूर्व पश्चिम राजमार्गबाट कमला नदि पार गरेर जनकपुरधाम आउनु बाध्य छन् । कमला पुल तथा हुलाकी राजमार्गको काम सम्पन्न भएपछि करिब दुई घण्टासम्ममा सप्तरीवाट जनकपुरधाम आउन सकिने अवस्था रहेको भए पनि अहिले चार घण्टा लगाएर लामोदूरी तय गरेर आउनका लागि विवस रहेको सप्तरीको बलान विहुन नगरपालिकाका मेयर प्रेमचन्द्र यादवले बताए ।

धनुषाका कमला नगरपालिकाका मेयर विशेश्वर यादवको अध्यक्षतामा भएको यस क्षेत्रका पालिका प्रमुखहरुको बैठकवाट विभिन्न पालिकामा पुल तथा हुलाकी राजमार्ग निर्माणका लागि दबाब दिनका लागि अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार