अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १८, बुधबार १६:२०

भैरहवा, १८ भदाै । यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था ल्याए पछि नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्य समिति रुपन्देहीले विरोध जनाएको छ ।

 

सरकारले ल्याएको इम्बोस्ड नम्बर प्लेट योजना राष्ट्रघाती भएको ठहर गर्दै सोमबार जिल्ला कार्य समितिले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय। गृह मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयलाई ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको छ ।

 

‘सरकारी कामकाजको भाषा देवनागरी लिपी अर्थात् राष्ट्रलिपीमा हुनु पर्ने प्रावधान रहेको नेपालको संविधानको मर्म विपरीत अङ्ग्रेजी भाषामा लेखिएको इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनको निर्णयले मौलिक देवनागरी लिपि मास्ने, आम जनतालाई आर्थिक भार थोपर्ने, रोजगारी खोस्ने र राष्ट्रिय पहिचानमाथि आघात पुग्ने गरि निर्णय भएको भन्दै कलाकारको पेशामाथि नै संकट उत्पन्न भएको अध्यक्ष दिनेशमणि कोहारले बताए ।

 

करिब ६० लाख सवारी साधनमा प्रयोग हुँदै आएको देवनागरी लिपि हटाउने निर्णयलाई संघले प्रत्यक्ष राष्ट्रघाती षड्यन्त्रको संज्ञा दिएको छ । करिब १ लाखभन्दा बढी श्रमिक र कलाकारहरू वैकल्पिक रोजगारीको व्यवस्था नगरी प्रविधिको नाममा ल्याइएका यस्ता निर्णयका कारण बेरोजगार हुने खतरा रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

 

कलाकारहरुले बिचौलिया र दलालको प्रभावमा परी आम नागरिकलाई महँगो र झन्झटिलो प्रक्रियामार्फत आर्थिक भार थोपर्ने निर्णय तत्काल फिर्ता लिनुपर्ने चेतावनी समेत दिइएका छन

 

जिल्ला कार्य समिति रुपन्देहीले विरोधमा जिल्लाका सार्वजनिक ठाउमा कालो व्यानर प्रदर्शन गर्दै राष्ट्रघाती इम्बोस्ड नम्बर प्लेट तुरुन्त खारेज गरियोस्, मौलिक देवनागरी लिपि मेट्न पाइँदैन ।, प्रविधिको नाममा आम जनतालाई ठग्ने कुनै पनि कदम सह्य हुँदैन लगायतका नारा उल्लेख गरेका छन ।

जिल्ला समितिले हाम्रो पहिलो प्राथमिकता नेपाली पहिचान र स्वदेशी श्रमिकको रोजगारीको रक्षा गर्नु हो । यदि सरकारले निर्णय फिर्ता नगरे हामी सडकमा उत्रेर कडा आन्दोलन गर्ने समेत चेतावनि दिएको छ ।
ध्यानाकर्षण पत्र बुझदै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले आर्टिष्ट संघको मागलाई जायज ठहर गर्दै सम्बन्धित निकायमा पठाइने र निर्णय खारेज गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा संघका अध्यक्ष दिनेशमणि कोहार, केन्द्रीय सदस्य रबि घिमिरे, संस्थापक अध्यक्ष उज्ज्वलकुमार दे कायस्थ, उपाध्यक्ष मनोहर थापा, कोषाध्यक्ष गणेश घिमिरे, सल्लाहकारहरू दिपेन्द्र प्रधान र रामदास हरिजनको उपस्थिति रहेको थियो । कार्यक्रममा रूपन्देही जिल्लाका आर्टिष्ट तथा कलाकारहरूको सहभागि थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार