अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १८, बुधबार १०:४४

सिरहाको लहानमा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक शिशुको अवस्था गम्भीर रहेको छ ।

सिरहाको लहान नगरपालिका–१ स्थित मटियर्वा टोलमा एकै परिवारका दुईको मृत्यु भएको छ भने एक जना गम्भीर रहेको प्रहरीले जनाएको छ । लहान नगरपालिका–१२ भोटिया टोल घर भइ हाल मटियर्वामा डेरा लिई बस्दै आएकी २३ वर्षीया रंजिता चौधरी आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी छन् ।



 

उनको जेठो छोरा करिब ५ वर्षीय एरोन चौधरी मृत अवस्थामा खाटमा फेला परेका छन् । त्यस्तै ९ महिनाको कान्छो छोरालाई भने गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पु¥याइएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार, दुई बालबालिकालाई विषादी सेवन गराइएको आशंका गरिएको छ । रञ्जिता चौधरीले कोठाको ढोका भित्रबाट थुनेर सिलिङ फ्यानमा सलको पासो लगाइ झुण्डिएको अवस्थामा फेला परेकी छन् । उनको ५ वर्षीय छोरा मृत अवस्थामा खाटमा भेटिएको थियो भने ९ महिनाको शिशुलाई तुरुन्त उद्धार गरी प्रादेशिक अस्पताल लहान लगिएकोमा त्यहाँका चिकित्सकले विष सेवनको आशंका गर्दै थप उपचारका लागि सप्तऋषि अस्पताल लहान पठाएका छन् ।

हाल शिशुको अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीयहरुका अनुसार चौधरी परिवार केही महिनाअघि मात्र अनदेश्वर चौधरीको घरमा डेरा गरी बस्न थालेको थियो। घटनाको समयमा श्रीमान प्रवीण चौधरी भने घरमा थिएनन् ।

यस घटनाका सम्बन्धमा प्रहरी अनुसन्धान भइरहेको जनाएको छ। घटनाको कारण हालसम्म खुल्न सकेको छैन। आत्महत्या वा जबरजस्ती विष सेवन गराइएको भन्ने विषयमा यथार्थ बुझ्न पोस्टमार्टम रिपोर्ट र अन्य अनुसन्धानको पर्खाइ गरिएको छ । घटनास्थलमा सिरहा प्रहरीले प्रमाण संकलन गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइ अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार