अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १८, बुधबार १०:४२

रौतहटमा पछिल्लो समय कुकुर आतंकबाट सयौँजना घाइते भएका छन् । जिल्लाको चन्द्रपुर, वृन्दावन, गुजरा र फतुवा विजयपुर नगर क्षेत्रमा कुकुरको टोकाइबाट घाइते हुनेको संख्यामा वृद्धि हुँदै गएको छ ।

चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालका तथ्यांकमा देखिए अनुसार गत वैशाखयता मात्रै ७२६ जना कुकुरको टोकाइबाट घाइते भएका छन्। अस्पताल प्रमुख डा. अभिनन्दन कुमार श्रीवास्तवका अनुसार वैशाखमा १४३, जेठमा १२२, असारमा १६६, साउनमा १६० र भदौको १५ गतेसम्म १३५ जना घाइते भएर अस्पताल आएका छन् ।



 

घाइते सबै उमेर समूहका छन्। उनीहरूलाई रेबिजविरुद्धको खोप लगाइएको उनले बताए । चन्द्रनिगाहपुर– ४ का रामबाबु महतोले मन्दिरतर्फ जाँदै गर्दा कुकुरले आक्रमण गरी दुई पटक टोकेको बताए । चन्द्रनिगाहपुर–५ की सीतादेवी दासले बच्चा लिएर बाहिर निस्कनै कठिन भएको बताउँदै तत्काल नियन्त्रणको माग गरिन्।

स्थानीय समाजसेवी बसन्त आचार्यले पालिकाहरूले तत्काल टोली बनाएर नियन्त्रणका उपाय शुरु गर्नुपर्ने बताए । अहिले सहरदेखि गाउँसम्म छाडा कुकुरको संख्या ह्वात्तै बढेको छ । चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालका प्रमुख डा. श्रीवास्तवका अनुसार गर्मी मौसम, प्रजनन अवधि र मनसुन सक्रिय हुने बेला कुकुर बढी आक्रामक बन्ने भएकाले यस्तो अवस्था देखिएको छ ।

उनले गर्मीमा कुकुरहरू चिडचिडा हुने प्रवृत्ति देखिन्छ भने प्रजनन अवधिमा स्वभाविक रूपमा आक्रामक बन्ने सम्भावना बढी हुने गरेको बताए । उनले अनावश्यक रूपमा बाहिर नहिँड्न, अपरिचित कुकुरबाट टाढा रहन र विशेष सावधानी अपनाउन आग्रह समेत गरे ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार