अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १८, बुधबार १०:३९

जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजन हुने भएको छ ।

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले घरेलु, साना तथा मझौला उद्योगहरू प्रति सर्वसधारणको आकर्षण बढाउने, स्थानीय स्तरमा उत्पादन वृद्धि गर्ने र रोजगारीका अवसरहरू सृजना गर्ने उदेश्यका साथ पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०२५ आयोजन गर्न लागेको छ ।



 

आगामी कार्तिक २७ देखि ३० गते सम्म जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा आयोजना हुने प्रदर्शनीमा विभिन्न देशका दुई सय भन्दा बढी कम्पनी तथा संस्थाहरूको सहभागिता रहने उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहाले जानकारी दिए ।

चार दिनसम्म चल्ने उक्त कार्यक्रममा घरेलु, साना तथा मझौला उद्योगहरूको स्थापनाका लागि चाहिने अत्याधुनिक उपकरण, मेसिनरी सामग्री लगायतका उत्पादनहरू प्रदशन गरिनेछ ।

यसका साथै उद्योग संचालन, व्यवस्थापन, वित्तीय जानकारी तथा बजार विस्तार सम्बन्धी विशेष प्रशिक्षण तथा परामर्श सत्रहरू समेत उपलब्ध गराईने प्रदेश सरकारको योजना छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार