अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १७, मंगलवार १३:२१

जनकपुरधामस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बसन्त कुमार कर्णमाथि कार्यालय सहयोगी रासबिहारी खत्वेले आफूमाथि जातीय छुवाछूत गरेको आरोप लगाएका छन् ।

क्याम्पसमा कार्यरत रहेका कार्यालय सहयोगी खत्वेले आफूमाथि क्याम्पस प्रमुख कर्णले जातीय छुवाछूत गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धुनषामा उजुरी दिएका छन् । कार्यालयस सहयोगी खत्वे २४ वर्ष पहिला मासिक ज्यालादारीमा कार्यालय सहयोगीको रूपमा भर्ना भए पनि पछि करारमा १८ वर्षदेखि कार्यालय सहयोगी पदमा स्थायी रुपमा कार्यरत रहेका छन् ।



 

क्याम्पस प्रमुख कर्णसहित केही कर्मचारीहरुले समेत लामो समयदेखि आफूलाई दलित भनेर दुव्र्यवहार गर्ने गरेको जिकिर गरे । उनले आफू दलित भएकै कारण क्याम्पस प्रमुख कक्षमासमेत प्रवेश नदिएको प्रति गुनासो गरे ।

मुलुकी अपराध संहिता २०७४ को दफा १६० बमोजिम भेदभाव पूर्ण व्यवहार गरेको संघीयताको दफा १७६ बमोजिम जातिपातिको आधारमा छुवाछुत गरी अपमानजनक व्यवहार गरेको हुँदा आरोपितलाई संघीयताको दफा १६०(२), १६६(२) बमोजिम हदैसम्म सजाय गरी संघीयताको १६९ बमोजिम आरोपितहरूबाट क्षतिपूर्ति दिलाउनका लागि समेत उनले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार