अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १७, मंगलवार १३:१८

जनकपुरधाममा दुई समुदायबीच भएको विवाद समाधान गर्ने सहमति भएपछि अवस्था साम्य भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२० स्थित देवपुरा रुपैठामा हिन्दू र मुस्लिम समुदायबीच सृजना भएको विवादलाई साम्य पार्ने सर्वपक्षीय सहमति भएको छ ।

दुई समुदायबीच सहमति भएपछि दुवै पक्षले सामाजिक सद्भाव कायम राख्न परस्पर आवश्यक सहयोग पु¥याउने प्रतिवद्धता जनाएका छन् । धनुषा प्रहरीका प्रवक्तासमेत रहेका डीएसपी बरुणबहादुर सिंहले १४ र १५ भदौँमा भएको घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न सबै पक्ष सहमत भएको जानकारी दिए ।



 

त्यस्तै कुनै पनि समुदाय वा व्यक्तिले धार्मिक वा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्ने र त्यस्तो कार्य गर्न खोज्ने व्यक्तिमाथि सूक्ष्म निगरानी गरी कानुनी प्रक्रिया अघि बढाइने सहमति भएको उनले बताए । सद्भाव कायम राख्न राजनीतिक दल, जनप्रतिनिधि, दुवै धार्मिक समुदायका अगुवाहरू सहभागी सर्वपक्षीय बैठकमा विगतमा तेलिया पोखरीको विवाद व्यवस्थापन गर्ने सहमति भएको छ ।

शनिबार मूर्ति सेलाउने क्रममा भएको विवादले दुई दिनदेखि दुई समुदायबीच झडप हुँदै आएको थियो । दुवै समुदायले झण्डा चोकमा रहेको टावरलाइट पोलमा बाँधिएको हरियो झण्डा हटाउन खोज्दा विवाद भएको थियो । त्यसक्रममा दुवै समुदायबीच झडप भएपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन ११ सेल अश्रुग्यास प्रहार गरिएको थियो । आइतबार सर्वपक्षीय सहमतिअनुसार दुवै समुदायले लगाएको झण्डा हटाउन खोज्दा पुनः तनाव बढेको थियो ।

दुवै समुदायबीच उत्पन्न तनाव नियन्त्रणबाहिर गएपछि धनुषा प्रहरीले ३० राउन्ड फायर र ३१ सेल अश्रुग्यास प्रहार गरेको थियो । दुई समुदायबीच भएको झडपमा परी स्थानीय २९ वर्षीय लक्ष्मण मुखियाको दुवै खुट्टाको घुँडामा गोली लागेर घाइते भएका छन् भने ढुंगामुढामा सात जना प्रहरी घाइते भएको थिए ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार