अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १६, सोमबार १४:४४

रौतहटको कटहरिया नगरपालिका–४ स्थित बहादुरपुरमा मोबाइल चोरी गरेको झुटा आरोपमा निर्ममतापूर्वक कुटिएका एक दलित युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

उनको उपचारको क्रममा मृत्यु भएपछि कुटपिटमा संलग्न रहेका चारजना माथि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । ३० वर्षीय नसिब बैठालाई गत श्रावण १६ गते बेलुकी गाउँकै पसलमा बसिरहेको बेला स्थानीय संजय यादव, विजय यादव, गर्भु गोसाइँलगायतको समूहले मोबाइल चोरीको आरोप लगाउँदै कुटपिट गरेका थिए ।



 

आरोप अस्वीकार गरेपछि उनलाई घरसम्म पठाइए पनि साउन १७ गते सोही समूहले घरमै पुगेर आँखामा पट्टी बाँध्दै करिब ३०० मिटर टाढा लैजाँदै रुखमा उल्टो बाँधेर साइकलको चेन, बेल्ट, हात र मुक्काले निर्मम पिटाइ गरेको पीडित परिवारको भनाइ रहेको छ ।

लगातारको कुटपिटपछि अवस्था गम्भीर बनेका बैठालाई इलाका प्रहरी कार्यालय कटहरियामा ल्याएर पञ्चायती गर्दा निर्दोष ठहर भए पनि स्वास्थ्य झन् बिग्रदै गएपछि उनलाई वीरगञ्जस्थित स्पर्श मल्टिस्पेसालिटी हस्पिटलमा भर्ना गरिएको थियो। करिब २० दिन उपचारपछि भदौ ११ गते उनको मृत्यु भएको पीडित परिवारले जनाएको छ ।

मृतककी आमा सुनैना देवी बैठाले भदौ ११ गते ईलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा गर्भु सरभङ सहित चारजना माथि कर्तव्य ज्यान मुद्दा दर्ता गरीएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन् ।

संलग्नमध्ये गर्भुदयाल सरभङलाई पक्राउ परेको छ भने अन्य फरार आरोपीको खोजतलास भइरहेको डिएसपी कार्कीले जनाएका छन्। घटनामा संलग्न अन्यको खोजी तथा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

पीडित परिवारका अनुसार, मृतकलाई झुठा आरोपमा कुटपिट गरी हत्या गरिएको र अहिलेसम्म सबै संलग्नमाथि कारबाही नगरेको भन्दै उनीहरूले न्याय मागेका छन् ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार