अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०८२ भाद्र १५, आईतवार १७:२९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देशको सम्बन्ध सुधार गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शाङ्घाई कोअपरेशन अर्गनाइजेशन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन चीन पुग्नुभएका मोदीसँगकाे आजकाे भेटमा चिनियाँ राष्ट्रपति सीले सबैभन्दा धेरै जनसङ्ख्या भएका दुई देशहरूबीच सम्बन्ध सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।



 

सीले चीन र भारतको सम्बन्धलाई फेरि पनि ड्रागन–हात्ती नृत्य भन्नुभएको छ । सांस्कृतिक रूपमा चीनलाई ड्रागन र भारतलाई हात्तीका रूपमा चित्रण गरिन्छ । मोदीले सात वर्षपछि चीनको भ्रमण गर्नुभएको हो ।

सीसँग भेटका क्रममा मोदीले चीनमा सीधा हवाई उडान शुरू गर्ने घोषणा पनि गर्नुभएको छ । कोभिड महामारीका कारण सन् २०२० को शुरूदेखि दुई देशबीचका उडान बन्द भएका थिए । सन् २०२० जुनमा सीमा क्षेत्रको गलवान उपत्यकामा सैन्य झडप भएपछि भारत र चीनको सम्बन्ध बिग्रिएको थियो ।

गएकाे वर्षको अन्त्यदेखि दुई देशको सम्बन्ध सुध्रिन थालेको हो । पछिल्लो समय ट्रम्पले भारतप्रति कडा नीति लिएपछि चीन–भारत सम्बन्ध थप सुधारको बाटोमा छ । भारतले चिनियाँ नागरिकलाई पर्यटक भिसामा लगाएको प्रतिबन्ध यसअघि नै हटाइसकेको छ भने चीनले पनि भारतीय तीर्थयात्रीका लागि मानसरोवर यात्रा खुला गरिसकेको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार